नेपाल भित्रने रेमिट्यान्समा २५.३ प्रतिशतले वृद्धि, आठ महिनामा भित्रियो ७ खर्ब ९४ अर्ब
काठमाडौं, २९ चैत। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन)मा नेपाल भित्रने रेमिट्यान्समा २५.३ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १.३ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ।
प्रतिक्रिया दिनुहोस्