वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ५४.३ प्रतिशतले वृद्धि
काठमाडौं, २९ चैत। पछिल्लो आठ महिनामा वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या ५४.३ प्रतिशतले वृद्धि भएको छ। वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०७९ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त वृद्धि भएको हो।सो समयमा ३लाख ५१हजार ७६१जनाले श्रम स्वीकृति लिएका छन्।वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ८प्रतिशतले वृद्धि भई १लाख ९२हजार ५५९पुगेको छ।
प्रतिक्रिया दिनुहोस्