भारतले चीनलाई भन्यो– अरुणाचल प्रदेश सधैँ भारतको थियो, भारतको रहनेछ नयाँदिल्ली, २९ चैत। चीनले भारतीय गृहमन्त्री अमित शाहको अरुणाचल प्रदेशको भ्रमणलाई लिएर आपत्ति जनाएपछि भारतले पनि कडा टिप्पणी गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भनेका छन्, ‘अरुणाचल सधैँ भारतको अभिन्न हिस्सा हो र सधैँ रहनेछ।’ शाहले सोमबार अरुणाचल प्रदेशको भ्रमण गरेका थिए। उक्त भ्रमणप्रति चीनले आपत्ति जनाएको थियो। अरुणाचल प्रदेशलाई चीनले पनि आफ्नो भएको दाबी गर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्