एमाले संसद विघटनको दाउमा रहेको माधव नेपालको आरोप, भने– त्यो बाटोमा हामी जान सक्दैनौं
काठमाडौं, २९ चैत। नेकपा(एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन्। बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले एमाले मध्यावधी चुनावमा जाने दाउमा रहेको बताए। ‘एमाले भित्र प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिन्छ, मध्यावधीमा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौं। त्यो बाटोमा हामी जान सक्दैनौं। संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं,’उनले भने।
प्रतिक्रिया दिनुहोस्