घोषितरुपमा संविधान नमान्ने पार्टीसँग सहकार्य गर्नेले एमालेले संविधान मान्दैन भन्न मिल्छः महासचिव पोखरेल काठमाडौं, २९ चैत। नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताएका छन्। बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले सिंगो आन्दोलनलाई संविधानवादको जञ्जालभित्र राखेर व्याख्या गर्ने प्रयास भइरहेको जनाए। घोषितरुपमा संविधान नै नमान्ने पार्टीहरुसँगको सहकार्यले संसदीय मूल्य, मान्यतामाथि प्रहार गरिरहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्