नेप्से परिसूचक ९२.२२ अंकले वृद्धि, १ अर्ब ९७ करोड रुपैयाँ बराबरको खरिद बिक्री काठमाडौं, २९ चैत। वैशाख महिनादेखि बैंकको ब्याजदर घटाउने बैंकर्स संघको निर्णयसँगै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। पछिल्लो समय निरन्तर रुपमा उच्च अंकले गिरावट आइरहेको नेप्से परिसूचक बुधवार ९२.२२ अंक बढेर १९६३.५५ बिन्दुमा पुगेको छ। बुधवार कारोबारमा आएका २७६ कम्पनीको ६१ लाख ७ हजार कित्ता शेयर १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्