उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता, प्रधानमन्त्रीको भारत भ्रमण र सीमा सुरक्षाका विषयमा छलफल
काठमाडौं, २९ चैत। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार उप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमण, नेपाल–भारत सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षालगायतका विषयमा छलफल भएको थियो।भेटमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्यक्रम छिटै तय हुने र दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्