कोरोना महामारीपछि पहिलो पटक चिनियाँ पर्यटक नेपाल भित्रिए
काठमाडौं, ३० चैत। चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरु काठमाडौं आइपुगेका छन्। नयाँ वर्षको पूर्वसन्धामा बिहीवार उनीहरु विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन्। चिनियाँ पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छेन् सङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरेका थिए। कोरोना महामारी सुरु भएपछि बिहीबार पहिलो पटक चिनियाँ पर्यटक नेपाल आएका हुन्।
प्रतिक्रिया दिनुहोस्