देशमा राजनीतिक स्थिरता र सुशासन कायम गर्न राष्ट्रपतिको आव्हान
काठमाडौं, १ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले जनतामा व्याप्त नैराश्यतालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गर्न आव्हान गरेका छन्। नयाँ वर्ष २०८०को अवसरमा जारी शुभकामना सन्देश उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न पनि आव्हान गरेका छन्। उनले राष्ट्रका अपार स्रोत सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहन सबैलाई आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्