नयाँ वर्षमा राष्ट्रका कमजोरी होइन, क्षमता उजागर गर्नेछौंः प्रधानमन्त्री दाहाल काठमाडौं, १ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई क्षमता उजागर गर्ने प्रतिबद्धता जनाएका छन्। नयाँ वर्ष २०८० अवसरमा जारी शुभकामना सन्देशमा उनले भनेका छन्, ‘संकल्प गरौं, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्