यी हुन् सबैभन्दा बढी बेरुजु रहेका मन्त्रालय
काठमाडौं, १ वैशाख। महालेखापरीक्षकको कार्यालयको ६०औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८÷७९मा सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको रहेको छ। उक्त वर्ष अर्थको बेरुजु ३२अर्ब४६करोड रुपैयाँ रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बेरुजु ८अर्ब७९करोड रुपैयाँ रहेको छ। यस्तै, सञ्चार मन्त्रालयको २अर्ब७०करोड, कृषि मन्त्रालयको २अर्ब५३करोड,गृहको १खर्ब ५७करोड, भूमि व्यवस्थाको १अर्ब३४करोड,उर्जाको १अर्ब२९करोड, सहरी विकासको १अर्ब९करोड, खानेपानीको ८७करोड र स्वास्थ्यको ८६करोड बेरुजु रहेको छ।
प्रतिक्रिया दिनुहोस्