आर्थिक सहायताका नाममा राज्यकोषको दोहन, एकै वर्ष १६ करोड २५ लाखभन्दा बढी रकम वितरण
काठमाडौं, १ वैशाख। सरकारले आर्थिक सहायताका नाममा एकै वर्ष १६ करोड २५ लाख ९८ हजार रुपैयाँ बाँडेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको ६०औं प्रतिवेदनमा सरकारले आर्थिक वर्ष २०७८/७९मा २५२ जनालाई उक्त रकम बाँडिएको उल्लेख छ। मापदण्ड विपरित सरकारले २७ जनालाई ७ लाख २५ हजार देखि २० लाख रुपैयाँसम्मका दरले ३ करोड ३ लाख ३६ हजार रुपैयाँ वितरण गरेको महालेखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्