अतिक अहमद र उनको भाई अशरफको प्रयागराजमा गोली हानि हत्या नयाँदिल्ली, ३ वैशाख। भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा पूर्व सांसद अतिक अहमद र उनका भाई अशरफको गोली हानी हत्या भएको छ। अतिक र अशरफ पूर्व सांसद राजु पालको हत्याको आरोपमा जेलमा रहेका थिए। उनीहरुलाई सोधपुछको लागि प्रयागराज ल्याइएको थियो। स्वास्थ्य परिक्षणको लागि अस्पताल लाने क्रममा पत्रकारको भेषमा आएका तीन व्यक्तिले उनीहरुको हत्या गरेका थिए। गोली चलाउने तीनै जना पक्राउ परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्