आठ महिनामा २६ खर्ब ८ अर्बभन्दा बढीको अन्तर–बैंक कारोबार काठमाडौं, ३ वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना(साउन–फागुन)मा २६ खर्ब ८ अर्ब ९२ करोडको अन्तर–बैंक कारोबार भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुबीच २३ खर्ब ७१ अर्ब ६७ करोड र अन्य वित्तीय संस्थाहरुबीच २ खर्ब ३७ अर्ब २५करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो वर्षको सोही अवधिमा २३खर्ब ६७अर्ब ९१करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्