तीन वर्षमा २ हजार ११३ जनालाई मानपदवी, अलङ्कार र पदक दिन साढे ३४ करोडभन्दा बढी खर्च काठमाडौं, ३ वैशाख। सरकारले तीन वर्षमा २ हजार ११३ जनालाई दिने विभिन्न मानपदवी, अलङ्कार र पदक निर्माण गर्न ३४करोड ५८लाख रुपैयाँ खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६०औं प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ। प्रतिवेदनमा आर्थिक वर्ष २०७६/७७ मा ६३३जनालाई ८करोड ५०लाख, २०७७/७८ मा ५९३जनालाई १०करोड २२लाख र २०७८/७९मा ८८७जनालाई १५करोड ८६लाख रुपैयाँ खर्च भएको उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्