विदेशस्थित नेपाली नियोगहरुले राजस्ववापत उठेको पौने २९ करोड बैंकमा दाखिला गरेनन्
काठमाडौं, ३ वैशाख। अध्यागमन राजस्ववापत विदेशस्थित नेपाली दूतावास,कन्सुलर र नियोगले संकलन गरेको २८करोड ७५लाख रुपैयाँ राजस्व सरकारको राजस्व व्यवस्थापन प्रणालीमा दाखिला नभएको पाइएको छ। महालेखापरीक्षकको कार्यालले हालै सार्वजनिक गरेको ६०औं प्रतिवेदनमा उक्त रकम दाखिला नगरेको औंल्याईएको छ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ अनुसार राजस्व रकम प्राप्त भएको सोही दिन र सोही दिन सम्भव नभए भोलिपल्ट बैंक दाखिला गर्नुपर्ने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस्