आज विश्वकै सबैभन्दा बढी वायु प्रदूषण भएको सहर बन्यो काठमाडौं काठमाडौं, ३ वैशाख। काठमाडौं आज विश्वकै सबैभन्दा बढी वायु प्रदूषण भएको सहरको सूचिमा पहिलो नम्बरमा परेको छ।विश्वभरको वायु प्रदूषण मापन गर्दै आएको आईक्यूएयरले आज विश्वमा सबैभन्दा बढी वायु प्रदूषण काठमाडौंमा भएको देखाएको हो। यो समाचार तयार पार्दा आईक्युएयरले काठमाडौंमा एयर क्वालिटी इन्डेक्स १९४ देखाएको छ।काठमाडौंपछि दोस्रो बढी वायु प्रदूषण भएको सहरमा थाईल्याण्डको चियाङ माई र तेस्रोमा भारतको कोलकाता रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्