कोरोना संक्रमित बढे: समयमै सतर्कता अपनाउन चिकित्सकको सुझाव
काठमाडौं, ३ वैशाख। पछिल्ला दिन नेपालमा दैनिक १००को हाराहारीमा कोरोना भाइरस संक्रमितहरु बढीरहेका छन्।यस बीचमा केही नागरिकको कोरोना भाइरस सक्रमणका कारण निधन भएको छ। संक्रमितको संख्या बढेसँगै चिकित्सकहरुले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।‘यसले दीर्घरोगी र ज्येष्ठ नागरिकहरुलाई असर गर्नसक्छ, त्यसैले सतर्कता अपनाउन जरुरी छ। सतर्कता बेलैमा अपनाए मानविय क्षति कम हुन्छ,’शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले भने।
प्रतिक्रिया दिनुहोस्