सुडानमा सेना र अर्धसैनिक बलबीच भीषण गोलाबारी, ५६ जनाको मृत्यु
खार्तुम, ३ वैशाख। सुडानमा सेना र अर्धसैनिक बलबीच दुई दिनदेखि भीषण गोलाबारी चलेकोक छ। गोली लागेर हालसम्म ५६जनाको मृत्यु भएका सुडान चिकित्सक संघले जनाएको छ। मर्नेहरुमा एक जना भारतीय पनि रहेका छन्। गोली लागि सयौं घाइते भएका छन्। सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा गोलाबारी चलेको छ। सुडानी सेनाको मुख्यालय वरपर गोलि चलिरहेको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।
प्रतिक्रिया दिनुहोस्