चिकित्साशास्त्र अन्तरगत स्नातकोत्तर तहको विद्यार्थी भर्ना तत्काल सच्याउन सरकारसँग माग
काठमाडौं, ३ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्साशास्त्र अन्तरगतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावना विपरित राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गरेकी हुन्।
प्रतिक्रिया दिनुहोस्