चित्रबहादुर केसीले गरे रवि लामिछानेप्रति व्यङ्ग्य– खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्यो
काठमाडौं, ३ वैशाख। राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचय पत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।तत्कालिन गृहमन्त्री रवि लामिछानेले हतारहतारमा सो ठेक्का निजी कम्पनीलाई दिने निर्णय गरेको उनले जनाए। आइतबार प्रतिनिधि सभा बैठकमा उनले भने,‘ खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्यो। त्यसकारणले यस्ता प्रवृत्तिलाई चाँही त्यसै छोड्न हुन्न।’
प्रतिक्रिया दिनुहोस्