वायु प्रदूषण बढेपछि विज्ञको सुझावः अनिवार्य मास्कको प्रयोग गरौँ, धुवाँधुलो नबढाऔँ काठमाडौं, ३ वैशाख। काठमाडौं विश्वकै बढी प्रदूषण हुने सहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। जलवायु तथा विपद् विज्ञ डा.धर्म उप्रेतीले बागमती प्रदेश र वरपरको वनको आगलागीका कारण काठमाडौं प्रदूषित सहरमा पहिलो नम्बरमा परेको बताए। वायु प्रदूषणहरु बढीरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न उनको सुझाव छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्