नेपाललाई विश्वभर नै शान्तिप्रिय र लोकतान्त्रिक देशको रुपमा चिनाउँछुः नवनियुक्त परराष्ट्रमन्त्री साउद काठमाडौं, ३ वैशाख। नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीको कामलाई तत्कालि अघि बढाउने बताएका छन्। आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनले मन्त्रालयमा तयारीमा रहेका टिमहरुसँग ब्रिफिङ लिएर सो कामलाई अघि बढाउने स्पष्ट पारे। नेपाललाई विश्वभर नै शान्तिप्रिय र लोकतान्त्रिक देशको रुपमा चिनाउन पहल गर्ने प्रतिवद्धता उनले व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्