सेनाले बनायो २ अर्ब १६ लाखभन्दा बढी खर्चेर सात वटा होल्डिङ सेन्टर, जडान गरिएका उपकरण प्रयोगविहीन काठमाडौं, ३ वैशाख। नेपाली सेनाले एक हजार बेड क्षमताका ७वटा होल्डिङ सेन्टर २अर्ब १६लाख ३५हजार रुपैयाँ खर्चेर निर्माण गरेको छ। झापा,मोरङ, पर्सा,कपिलवस्तु, बाँके,कैलाली र कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माण गरिएको हो। सेन्टर सञ्चालनमा नरहेका कारण सेन्टरमा जडान गरिएका अक्सिजन आपूर्ति उपकरण, विरामी बेड तथा सोमा प्रयोग गरिएका अन्य स्वास्थ्य सामग्री प्रयोगविहीन अवस्थामा रहेको महालेखापरीक्षकको कार्यालयले आफ्नो ६०औं प्रतिवेदनमा उल्लेख गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्