संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्ति गर्न प्रमुख तीन दलबीच सहमति
काठमाडौं, ४ वैशाख। प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सोमवार बालकोटमा बसेको सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको बैठकले यस्तो निर्णय गरेको हो।कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्