टिआरसीसँग सम्बन्धित विधेयक समितिमा नगइ अघि बढ्दैनः सचेतक बर्तौला
काठमाडौं, ४ वैशाख। नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक समितिमा छलफल नभइ अघि नबढ्ने बताएका छन्। सोमवार बालकोटमा बसेको प्रमुख तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले एमाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक चाँडै टुंगोमा पु¥याउनुपर्छ भन्ने पक्षमा रहेको जनाए। अन्तर्राष्ट्रिय जगतले प्रश्न उठाउन नसक्ने गरी मात्रै ऐन बनाउनुपर्ने अडानमा एमाले रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्