६ वर्षमा काठमाडौं–तराई/मधेश द्रुतमार्गमा ३४ अर्ब २९ करोडभन्दा बढी खर्च काठमाडौं, ४ वैशाख। नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणमा पछिल्लो ६ वर्षमा ३४ अर्ब २९ लाख ८४ करोड रुपैयाँ खर्च गरेको छ। आर्थिक वर्ष २०७३/७४ देखि २०७८/७९ सम्मको अवधिमा उक्त खर्च भएको महालेखापरीक्षकको कार्यालयको ६०औं प्रतिवेदनमा उल्लेख छ। खर्चमध्ये सवारीसाधन, प्रशासनिक, उपकरण, इन्धन, फर्निचर, क्याम्प निर्माणलगायतका आयोजनासँग प्रत्यक्ष सम्बन्ध नभएका शीर्षकमा २अर्ब ७६करोड २लाख रुपैयाँ खर्च भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्