परराष्ट्र मन्त्रालय र नियोगले तयार पारेको राजस्वको हिसाब मिलेन, एक अर्ब ४६ करोडभन्दा बढी तलमाथि काठमाडौं, ४ वैशाख। परराष्ट्र मन्त्रालय र विदेशस्थित ३९वटा नेपाली नियोगले तयार पारेको राजस्वको हिसाब नमिलेको महालेखापरीक्षकको कार्यालयले औंल्याएको छ। महालेखाको ६०औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९मा ३९वटा नियोगले प्रिज र बेरुजु कट्टी बाहेक २अर्ब२१करोड४६लाख रुपैयाँ राजस्व उठाएको हिसाब परराष्ट्रले देखाएको छ। नियोगले तयार पारेको विवरणमा भने राजस्व ३अर्ब६७करोड८३लाख रुपैयाँ उठेको देखिन्छ।मन्त्रालयले तयार गरेको विवरणभन्दा नियोगहरुको विवरणमा १अर्ब४६करोड३७लाख रुपैयाँ बढी देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्