नागरिक अगुवा कृष्ण पहाडीले प्रधानमन्त्रीलाई भने– तपाईँले गरेका कतिपय निर्णय लोकतन्त्रको हितमा छैन काठमाडौं, ४ वैशाख। मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आज प्रधानमन्त्री पुष्पकमल दाहालाई १०बुँदे पत्र लेखि सरकारको ध्यानाकर्षण गरेका छन्।पत्रमा उनले प्रधानमन्त्री दाहालले वर्तमान कार्यकालमा गरेका कतिपय निर्णय अहिंसाको शास्वत मुल्य विपरीत,शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन बाधक,मानवीय कानुनको मर्म विपरीत र लोकतन्त्रको हित नगर्ने खालका रहेको उल्लेख गरेका छन्।सरकारका निर्णयले प्रतिगमन चाहनेलाई बलि पुगेको उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्