बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको छः अध्यक्ष अग्रवाल
काठमाडौं, ४ वैशाख। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन्। सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदनले मुलुकभर उत्पादन वस्तुको मागमा ४०देखि ८०प्रतिशत संकुचन आएको देखाएको जनाए। पछिल्लो समय उद्योगी व्यवसायीहरु कठिन अवस्थाबाट गुज्रिएको दाबी उनले गरे। व्यवसायीहरु बैंकको उच्च ब्याजदरको कारण समस्यामा रहेको उनले जनाए।
प्रतिक्रिया दिनुहोस्