संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूचि
काठमाडौं, ५ वैशाख। संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। दिउँसो १ बजे प्रतिनिधि सभा र २ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ। आजको बैठकमा प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सूचना आयोगको प्रतिवेदन २०७८/०७९ पेस गर्ने कार्यसूची छ। त्यस्तै प्रधानमन्त्रीले नै राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको (तेस्रो संशोधन)विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्