काठमाडौंका महानगरपालिकाका मेयर बालेन्द्र शाहको रिटमा आज सुनुवाई काठमाडौं, ५ वैशाख। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुँदैछ। सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर शाहलाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले सोमवार रिट दायर गरेका थिए। जसको सुनुवाई मंगलवारका लागि तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्