काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजना: परामर्श सेवामा मात्र एक अर्ब ५३ करोडभन्दा बढी सकियो
काठमाडौं, ५ वैशाख। काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाको परामर्श सेवामा मात्र पछिल्लो ६ वर्षमा १अर्ब ५३करोड ६३लाख रुपैयाँ खर्च भएको पाइएको छ। नेपाली सेनाले निर्माण गरिरहेको उक्त आयोजनामा आर्थिक वर्ष २०७३/७४ देखि २०७८/७९सम्मको अवधिमा उक्त रकम परामर्श सेवामा खर्च भएको हो। सो आयोजनामा ६वर्षमा ३४अर्ब २९करोड ८४लाख रुपैयाँ खर्च भएको छ।कुल खर्चको ४.४८प्रतिशत रकम परामर्श सेवामा खर्च भएको रक्षा मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्