एसीसी प्रिमियर कपः मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य
काठमाडौं, ५ वैशाख। एसीसी प्रिमियर कप अन्तर्गत आज भइरहेको खेलमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ। निर्धातिर ५० ओभरको खेलमा मलेसियाले ९ विकेटको क्षतिमा २३५ रन जोडेको छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको छ। खेलमा मलेसियाका अहमद फेजले ७६ रनको योगदान दिएका छन्। खेलमा नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले तीनि/तीन विकेट लिएका छन्।
प्रतिक्रिया दिनुहोस्