आठौं उर्जा सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले भने– उर्जा क्षेत्रमा थप लगानी बिस्तार गर्न आवश्यक
काठमाडौं, ५ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले उर्जा क्षेत्रमा थप लगानी बिस्तार गर्न आवश्यक रहेको बताएका छन्। मंगलवारबाट सुरु भएको आठौं ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्दै उनले सरकारले नीतिगत र व्यावहारिक रुपमा नै ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधार मानेर अघि बढेको जनाए। देशलाई आर्थिक रुपमा बलियो बनाएर अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जा महत्वपूर्ण भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्