चार वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममा १३ अर्ब २ करोडभन्दा बढी खर्च काठमाडौं, ५ वैशाख। पछिल्लो चार वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सरकारले १३ अर्ब २करोड ४२लाख रुपैयाँ खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको ६०औं प्रतिवेदनअनुसार सरकारले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९सम्मको अवधिमा उक्त रकम प्रधानमन्त्री रोजगार कार्यक्रममा खर्च गरेको हो। प्रत्येक वर्ष २ लाख जनालाई न्यूनतम एक सय दिनको रोजगारी प्रदान गर्ने भनिए तापनि सबै स्थानीय तहले यो कार्यक्रम सञ्चालन गरेका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्