राष्ट्रपति पौडेललाई उपचारको लागि भारत लगिँदै
काठमाडौं, ६ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारको लागि भारत लगिँदै छ। उनलाई श्री एयरको विमानमा भारत लगिने राष्ट्रपति कार्यालयले जनाएको छ। स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेललाई मंगलबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। अस्पतालले थप उपचारको लागि सिफारिस गरेपछि उनलाई भारत लग्न लागिएको हो। दिल्लीको एम्स अस्पतालमा उनको उपचार हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्