सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक सकियो, प्रधानन्यायाधीश नियुक्तिमा जुटेन सहमति
काठमाडौं, ६ वैशाख। बुधबार विहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संवैधानिक परिषद्को बैठक सकिएको छ। प्रधानन्यायाधीश नियुक्ति सम्बन्धमा छलफल गर्न बसेको बैठक बिना निष्कर्ष टुङ्गीएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना र उपप्रधान तथा कानुनमन्त्री पूर्णबहादुर खड्का सहभागी थिए।
प्रतिक्रिया दिनुहोस्