राष्ट्रपति रामचन्द्र पौडेललाई एयर एक्बुलेन्समार्फत भारत लगियो काठमाडौं, ६ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि बुधवार भारतको राजधानी नयाँ दिल्ली लगिएको छ। उनलाई बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट सिधै त्रिभुवन विमानस्थल पु¥याइएको हो।राष्ट्रपति पौडेलको स्वास्थयमा समस्या आएपछि थप उपचारको लागि श्रीएयरको एयर एम्बुलेन्समार्फत नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस(एम्स) लागिएको हो।पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मंगलवार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्