जंनसंख्यामा भारतले यो वर्ष चीनलाई उछिन्ने
नयाँदिल्ली, ६ वैशाख। भारतले यो वर्ष जनसंख्यामा चीनलाई उछिन्ने भएको छ। वर्ष २०२३ को मध्यसम्म भारतको जनसंख्या चीनको भन्दा ३० लाख बढी हुने संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघको नयाँ प्रतिवेदनअनुसार भारतको जनसंख्या यो वर्ष १ अर्ब ४२ करोड ८६ लाख हुनेछ। चीनको जनसंख्या १अर्ब ४२करोड ५७लाख हुनेछ। ३४करोड जनसंख्याका साथ अमेरिका सबैभन्दा बढी जनसंख्या हुने राष्ट्रको तेस्रो नम्बरमा रहेको छ।
प्रतिक्रिया दिनुहोस्