‘संसद राजसंस्थाको पैरवी गर्ने थलो र विज्ञापन एजेन्सी होइन’ काठमाडौं, ६ वैशाख। नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन्। बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको आरोप लगाए। जनतालाई प्रताडित गर्ने संस्थाको जबर्जस्ती पैरवी गर्ने थलो संसद नभएको उनले जनाए। उनले कोही हराएको विज्ञापन संसदमा गर्नु नहुने बताए। संविधानको जगमा उभिएर संसदमा वहस गर्नुपर्ने उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्