उपनिर्वाचन : आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने काठमाडौं, ७ बैशाख। यही वैशाख १० गते हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ। प्रतिनिधिसभा सदस्य चुन्न बारा-२, तनहुँ-१ र चितवन-२ मा हुन लागेको निर्वाचनका लागि चुनावी प्रचार निषेधको अवधि लागू हुने भएको हो। निर्वाचन आचारसंहितामा मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्