कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ
काठमाडौं, ७ बैशाख। कर्णालीका नवनियुक्त चारजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरुलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन्। कांग्रेसबाट आर्थिक मामिलामन्त्रीमा बेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योगमन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका छन्। यस्तै, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकासमन्त्रीको रुपमा शपथ लिएकी छन्।
प्रतिक्रिया दिनुहोस्