१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा, ३ वर्षसम्म काम गर्न नपाउने काठमाडौं, ७ बैशाख। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। ठेक्का सम्झौताअनुसार समयमै काम सम्पन्न नगर्ने कम्पनीलाई १ वर्ष देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो। कालोसूचीमा राखेका कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्