सरकारले अब नेपालमा रहेका शरणार्थीहरुको पनि व्यक्तिगत घटना दर्ता गर्ने
काठमाडौं, ७ बैशाख। सरकारले नेपालमा रहेका शरणार्थीको पनि व्यक्तिगत घटना दर्ता (जन्मदर्ता, मृत्युदर्ता, विवाह, सम्बन्ध विच्छेद, बसाईं सराई) गर्ने तयारी गरेको छ। यसका लागि कानुनी व्यवस्था गर्न लागिएको छ। अहिले शरणार्थीको व्यक्तिगत घटना दर्ता गर्ने कानुन छैन। त्यसकारण शरणार्थीहरुको अभिलेख मात्रै राख्ने गरिएको छ। अब भने शरणार्थीको व्यक्तिगत घटना दर्ता गर्ने व्यवस्थासहितको कानुनको मस्यौदा तयार भएको छ।
प्रतिक्रिया दिनुहोस्