गठबन्धन सरकारले वृद्धभत्ता बन्द गर्दैछ, जसरी नि हराऔंः केपी ओली काठमाडौं, ७ वैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार रहीरहे वृद्धभत्ता हटाउने दाबी गरेका छन्। बाराको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अहिलेको सरकारले विकासको योजना काटेर आफन्त पोसेको आरोप लगाए।'यस सरकारले सामाजिक सुरक्षा भत्ता बन्द गर्दैछ', उनले भने, 'यो गठबन्धन सरकार अन्त्य नभएसम्म यस देशमा केही हुँदैन।' उनले गठबन्धनका नेताहरुलाई जहाँ भेट्यो त्यहीँ पराजित गर्नुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्