उपनिर्वाचनको मौन अवधि सुरुः प्रचारप्रसार गर्न रोक
काठमाडौं, ८ वैशाख। यही वैशाख १० गते हुने पतिनिधि सभा उपनिर्वाचनको मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले मौन अवधि सुरु भएसँगै आजबाट प्रचारप्रसार गर्न रोक लगाएको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बिहीबार मध्यराति १२ बजेदेखि १० वैशाखसम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने छ। बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ।
प्रतिक्रिया दिनुहोस्