उपनिर्वाचनका कारण त्रिविले सार्यो वार्षिक परीक्षाहरु
काठमाडौं, ८ वैशाख। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गर्दै उपनिर्वाचनका कारण त्रिविले यही वैशाख १०गते निर्धारित वार्षिक परीक्षाहरु वैशाख १६गतेलाई सारेको जानाएको हो।यही दिन बिहान ७बजे व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२बजे मानविकी संकायको अंग्रेजी,नेपाली, हिन्दी,नेपाल भाषा,मैथिली र संस्कृतको परीक्षा त्रिविले तोकेको थियो।
प्रतिक्रिया दिनुहोस्