नौ महिनामा नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब नाघ्यो, व्यापार घाटा पौने ११ खर्ब
काठमाडौं, ८ वैशाख। चालु आर्थिक वर्ष २०७९/८०को नौ महिना(साउन–चैत)मा नेपालको कुल वैदेशिक व्यापार १३खर्ब १९अर्ब ७८करोड ८लाख ५३ हजार रुपैयाँ पुगेको छ। सो अवधिमा नेपालको व्यापार घाटा १०खर्ब ८३अर्ब २२करोड ९०लाख २९हजार रुपैयाँ रहेको छ।नेपालल पछिल्लो नौ महिनामा १२खर्ब १अर्ब ५०करोड ८९लाख ९१हजार रुपैयाँको आयात गरेको छ। सोही समयमा नेपालले मात्र १खर्ब १८अर्ब २७करोड ९९लाख ६२हजार रुपैयाँको निर्यात गरेको छ।
प्रतिक्रिया दिनुहोस्