नेपालको वैदेशिक व्यापारः आयात १८.८ प्रतिशतले घट्यो काठमाडौं, ८ वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउन–चैत)मा नेपालको आयात १८.८ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले विभिन्न देशबाट १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँको वस्तु आयात गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९को सोही अवधिमा नेपालले १४ खर्ब ६६ अर्ब ६६करोड २०लाख १हजार रुपैयाँकोक वस्तु आयात गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्